माजिद अन्सारीको रिहाइ माग्दै धर्नामा बसेका २६ जना विराटनगरबाट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (१ हप्ता अघि)
  • ६४ पटक पढिएको
माजिद अन्सारीको रिहाइ माग्दै धर्नामा बसेका २६ जना विराटनगरबाट पक्राउ

विराटनगर, २८ असार। जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमवासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै छन् । प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारीको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको  छ ।  अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई विनासर्त रिहा गर्न जेनजी अभियन्ताहरुले माग गरिरहेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस