अवैध हतियार र गाँजासहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (१ हप्ता अघि)
  • ५७ पटक पढिएको
अवैध हतियार र गाँजासहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

 विराटनगर, २८ असार।  विराटनगर महानगरपालिका-१४ काे जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो ।

जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएकाे थियाे । प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोन र भालासमेत बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस