बाजुरामा जिप दुर्घटना हुँदा ९ यात्रु घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ४, सोमबार (१ दिन अघि)
  • ५२ पटक पढिएको
बाजुरामा जिप दुर्घटना हुँदा ९ यात्रु घाइते

काठमाडौँ , ०४ साउन। बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

हिमाली गाउँपालिका –०५, क्युडी स्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा परेर चालकसहित ९ जना घाइते भएका हुन् ।

सोमबार दिउँसो करिब १:२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ ।

यी हुन घाइतेहरू–

१. चालक बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष अं. २५ को जनविर बुढा ।

२. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ४० को धर्मलाल बुढा ।

३. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ३१ की मिजरा बुढा ।

४. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अं. ४० को अम्मर सिंह बुढा ।

५. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० की अस्मिता थापा ।

६. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २८ को जंग सिंह बुढा ।

७. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० को गोरख रोकाया ।

८. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २७ को लोकेन्द्र बुढा ।

९. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अन्दाजी ९ की सुस्मा बुढा ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस