एसियन गेम्सको समूह चरणमा नेपालको भिडन्त अफगानिस्तान र जापानसँग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ७, बिहिबार (१ दिन अघि)
  • ४४ पटक पढिएको
एसियन गेम्सको समूह चरणमा नेपालको भिडन्त अफगानिस्तान र जापानसँग

काठमाडौँ , ०७ साउन। जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको छ ।

बिहीबार सम्पन्न ‘ड्र’ बाट नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुङ्गो लागेको हो । समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान परेका हुन् ।

समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।

हरेक समूहबाट शीर्ष २ टोली पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले यसअघि सन् २०२२ मा चीनमा भएको एसियन गेम्समा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसबेला नेपाल भारतसँग पराजित भएको थियो ।

यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस