सुनसरी विवादपछि मोरङमा डिजे बजाउन प्रतिबन्ध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (११ घण्टा अघि)
  • ४८ पटक पढिएको
सुनसरी विवादपछि मोरङमा डिजे बजाउन प्रतिबन्ध

विराटनगर , १२ साउन। डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि मोरङ प्रशासनले जिल्लामा डिजे (ठूलाे आवाज दिने साउन्डसिस्टम) प्रयोगमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै मोरङ जिल्लाभर डिजे प्रयोग गर्न निषेध गरेको हो ।

सुनसरीको देवागञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा आइतबार राति डिजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् । सो घटनाको विरोधमा मोरङमा पनि प्रदर्शन भइरहेको छ ।

छिमेकी जिल्लामा भएको घटनापछि मोरङ प्रशासनले डिजे प्रयोगमा अर्काे सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले जारी गरेको सूचनामा भनिएको छ,‘यस जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रममा अर्को सूचना नभएसम्मका लागि डिजेको प्रयोग गर्न निषेध गरिएको छ ।’

प्रशासनले कसैले डिजे प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस