विराटनगर विमानस्थलमा पार्सल जाँच्दा लागुऔषध बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (३ घण्टा अघि)
  • ३७ पटक पढिएको
विराटनगर विमानस्थलमा पार्सल जाँच्दा लागुऔषध बरामद

विराटनगर, १४ साउन। विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको एउटा पार्सलबाट प्रहरीले १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स सुजलाई एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ । उनी पार्सल विमानस्थल पुर्‍याउन पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी जारी छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस