राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुनसरीको सुरक्षा अवस्थाबारे समीक्षा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुनसरीको सुरक्षा अवस्थाबारे समीक्षा

सुनसरी, १४ साउन। सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ ।

आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य गरिनेबारे छलफल भएको छ ।

त्यसैगरी विपद् प्रतिकार्यबारे पनि छलफल भएको बताइएको छ । सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद् बैठक बोलाएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस