दाङमा ट्याक्टर–अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • ५७ पटक पढिएको
दाङमा ट्याक्टर–अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ, ०४ भदौ। दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार राति ८ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिकाप-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।

ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस