रसुवामा बाढीको त्रास, २०० जना उद्धारको पर्खाइमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ५८ पटक पढिएको
रसुवामा बाढीको त्रास, २०० जना उद्धारको पर्खाइमा

काठमाडौ, १० भदौ। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

रसुवाको गोसाइकुन्ड गाउँपालिकाको टिमुरेस्थित  एक जना वडासदस्य पेमा दोर्जे घलेका अनुसार अहिले त्यहाँ धेरै नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन् ।

वडाध्यक्षको भनाइ

बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउदै तहसनहस भयो । टिमुरे बजार केही पनि बाँकी छैन, बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाह छैन ।

टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।

हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने ? केही छैन । बगेको पानी खाएर बसेका छौं ।

हामी उद्दारको पर्खाइमा छौं । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन । म गोसाईकुण्ड गाउपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जे घले हु । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस