
काठमाडौ, १० भदौ। राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।
सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।
‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’
