रसुवा बाढीपछि ३६ प्रहरी सम्पर्कमा, २८ जनाको खोजी जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (२ घण्टा अघि)
  • ५८ पटक पढिएको
रसुवा बाढीपछि ३६ प्रहरी सम्पर्कमा, २८ जनाको खोजी जारी

काठमाडौ, ११ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रहरीमध्ये ३६ जना प्रहरी कर्मचारीहरू सम्पर्कमा आएका छन् ।

बिहीबार बिहान ५ बजे सार्वजनिक प्रहरीको बुलेटिन अनुसार ६४ जना सम्पर्कविहीन भएकामध्ये ३६ जना प्रहरी सम्पर्कमा आएका हुन् ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरका २३ मध्ये १३ जना, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफ्रुबेंसीका ८ मध्ये ५ जना, प्रहरी चौकी मैलुङका ८ जना मध्ये ३ जना, बेत्रावती प्रहरी चीकीका १० मध्ये ९ जना र प्रहरी चौधी हाकुका ६ जना मध्ये ५ जना प्रहरी सम्पर्कमा आएका हुन् ।

अझै २८ जना प्रहरी सम्पर्कविहीन रहेको बुलेटिनमा उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस