नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदानजत्रो : चिनियाँ टेलिभिजन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (२ घण्टा अघि)
  • ७७ पटक पढिएको
नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदानजत्रो : चिनियाँ टेलिभिजन

काठमाडौ, १४ भदौ। नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले यस्तो सूचना दिएको हो । सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो ।

पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो ।

यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।

यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ ।  भदौ १० गतेको भीषण बाढी पछि चिनियाँ पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस