सुरुङभित्र हावा पठाउन ५ प्वाल बनाइयो, आजै अवस्थाबारे जानकारी लिइने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (१ घण्टा अघि)
  • ५२ पटक पढिएको
सुरुङभित्र हावा पठाउन ५ प्वाल बनाइयो, आजै अवस्थाबारे जानकारी लिइने

काठमाडौ, १४ भदौ। नेपाल विद्युत् प्राधिकरणले त्रिशूली थ्री-ए आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले भित्र हावा पठाउन पाँच वटा ड्रिल (प्वाल) बनाएको छ ।

हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले बताए । सुरुङ विज्ञ न्यौपाने उद्धार क्षेत्रमै बसेर यो प्रक्रिया नेतृत्व गरिरहेका छन् ।

‘हामीले एक्स्काभेटरका माध्यमबाट खनेर सुरुङको स्ल्याब पत्ता लगाउन प्रयास गरिरहेका छौं, खन्ने क्रममा चट्टान भेटिएको छ,’ न्यौपानेले भने, ‘चट्टानको भाग धेरै रहेनछ भने स्ल्याब चाँडै पत्ता लाग्ने थियो, होइन भने विस्फोट गराएर पनि सुरुङभित्र जाने प्रयास गरिरहेका छौं ।’

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा अन्य सुरुङ विज्ञको टोलीले यस आयोजनामा उद्धार प्रयास गरिरहेको न्यौपानेले बताए ।

विद्युत् प्राधिकरणका इन्जिनियर सुरज दाहालका अनुसार एक-दुई जनासम्म भित्र छिर्न सक्ने गरी प्वाल बनाउन सकियो भने नेपाली सेनाका उद्धार विज्ञ भित्रको अवस्था बुझ्न प्रवेश गर्ने छन् । भित्र सुरुङमा लेदो नछिरेको पत्ता लाग्यो भने थप उद्धारकर्तालाई भित्र पठाएर एक-एक जना गरी भए पनि बाहिर निकाल्ने तयारी भएको दाहालले बताए ।

प्राधिकरणका अनुसार परियोजना सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी आएको दुई दिनपछि शुक्रबार मात्रै थालिएको थियो । पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फसेका जीवनबारे चिन्ता थपिँदै गएको अधिकारीहरू बताउँछन् ।

आयोजनाको जमिनमुनि रहेको विद्युत्गृहको ओभरहलिङमा त्यहाँ करिब ४०-४२ जना उच्च विज्ञसहित प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस