सुरुङ उद्धारका लागि चीन र भारतबाट विशेषज्ञ बोलायौँ : परराष्ट्रमन्त्री

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (१ घण्टा अघि)
  • ६४ पटक पढिएको
सुरुङ उद्धारका लागि चीन र भारतबाट विशेषज्ञ बोलायौँ : परराष्ट्रमन्त्री

काठमाडौ, १४ भदौ। परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् । त्यहाँ स्वदेशी जनशक्तिले मात्रै सम्भव नभएपछि चिनियाँ र भारतीय विशेषज्ञ बोलाइएको मन्त्री खनालले बताएका हुन् ।

‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ’, आइतबार बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री खनालले भने ।

उनले विदेशी मित्र राष्ट्रहरूबाट सहयोगको प्रतिबद्धता आइरहेको पनि बताए । उनले भने, ‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस