सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (१ घण्टा अघि)
  • ३६ पटक पढिएको
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट

काठमाडौ, १५ भदौ। कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो ।

सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए ।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।

१४औं ओभरमा सुरुवाती बलिङ थालेका सन्दीपले पहिलो बलमै विकेट लिएका थिए भने चौथो बलमा अर्को विकेट लिए ।

त्यसपछि उनले आफ्नो पाँचौं ओभरमा १ विकेट लिए भने सातौं ओभरमा र आठौं ओभरमा १-१ विकेट लिँदै ५ विकेट पूरा गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस