रसुवा बाढी उद्धारमा दक्षिण कोरियाको साथ : ४४ सदस्यीय आपत्कालीन टोली नेपाल आउँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)
  • ५५ पटक पढिएको
रसुवा बाढी उद्धारमा दक्षिण कोरियाको साथ : ४४ सदस्यीय आपत्कालीन टोली नेपाल आउँदै

काठमाडौं, १६ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि सिर्जित संकटमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ ।

दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुरोधमा आपत्कालीन टोली पठाउन लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण निकायका अधिकारी सम्मिलित टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ । टोलीले नेपालमा करिब १० दिनसम्म खोज, उद्धार तथा राहतसम्बन्धी काममा सहयोग गर्नेछ।

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल सरकारले गरेको अन्तर्राष्ट्रिय सहयोगको आग्रहअनुसार दक्षिण कोरियाले टोली पठाउन लागेको हो।

दक्षिण कोरियाले रसुवाको बाढीमा एक जलविद्युत् आयोजनामा बेपत्ता भएका नौ जना कोरियाली कामदारको खोजीका लागि यसअघि नै द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस