रसुवा बाढीबारे सरकारको प्रतिनिधिसभामा जानकारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (१ दिन अघि)
  • ४१ पटक पढिएको
रसुवा बाढीबारे सरकारको प्रतिनिधिसभामा जानकारी

काठमाडौं, १७ भदौ। रसुवामा गएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ । तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने अपेक्षा छ ।’

प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

एक हजार बढीको शव फेला परिसकेको छ । स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् ।

यसबारे सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्न लागेका हुन् ।

यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन  गर्नेछन् । नेताहरूको सम्बोधनपछि सरकारको तर्फबाट सम्बोधन गर्ने तयारी छ ।

मंगलबार राष्ट्रिय सभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो । त्यसअगाडि राष्ट्रिय सभामा पनि सांसदहरूले विपद्बारे बोलेका थिए । तर राष्ट्रिय सभामा भने सरकारको तर्फबाट बाढीबारे कुनै जानकारी प्रस्तुत गरिएको थिए ।

प्रतिनिधिसभामा भने सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने अपेक्षा रहेको संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस