कञ्चनपुरमा जग्गा विवाद : भाइ कुटपिटको आरोपमा दिदी–भिनाजु पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (१ घण्टा अघि)
  • ४७ पटक पढिएको
कञ्चनपुरमा जग्गा विवाद : भाइ कुटपिटको आरोपमा दिदी–भिनाजु पक्राउ

काठमाडौं, १७ भदौ। कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा भाइमाथि कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ परेका छन् ।

वेदकोट नगरपालिका–७ को गाउजी बस्ने ४९ वर्षीय गोपाल गिरीमाथि कुटपिट गरेको भन्दै दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवै जनालाई मंगलबार राति नै पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार जग्गा सम्बन्धी घरायसी विवादकै कारण गिरीमाथि उनीहरूले लाठीले निर्घात कुटपिट गरेका थिए ।

घाइते अवस्थाका गिरीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गिरीको पिठ्युमा चोट लागेको छ । उनीहरूबीच जग्गा सम्बन्धी विवाद रहेको बुझिन आए पनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

उनका दिदी-भिनाजुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस