गगनसँग शेखरको प्रतिबद्धता : पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (२ घण्टा अघि)
  • ५४ पटक पढिएको
गगनसँग शेखरको प्रतिबद्धता : पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार

काठमाडौं, २१ भदौ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् ।

सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए ।

‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभयो,’ भेटमा कोइरालाले राखेको विचारबारे उनको सचिवालयले भन्यो ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।

भेटमा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधान र बाढीग्रस्त क्षेत्रको अवस्थाबारे चर्चा भएको थियो ।

रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको जानकारी गराइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस