रसुवामा स्वास्थ्य जटिल बनेकी सुत्केरी र शिशुको हेलिकोप्टरबाट उद्धार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
रसुवामा स्वास्थ्य जटिल बनेकी सुत्केरी र शिशुको हेलिकोप्टरबाट उद्धार

काठमाडौं, २१ भदौ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ ।

फुर्मुले गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । तर, आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो ।

भदौ १० गते भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद छ । त्यसैले तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस