खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (३ घण्टा अघि)
  • २९ पटक पढिएको
खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २२ भदौ। खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् ।

रातोपुल नजिक सफिक मासु पसल खालेर खसीको मासु भन्दै प्रतिकिलो १८ सय रुपैयाँका दरले बाख्रीको मासु बेचेको प्रहरीले बताएको छ ।

बाख्रीको मासु र अर्को काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस