प्रधानमन्त्रीको अमेरिका भ्रमण तय : असोज ६ गते प्रस्थान, ९ गते स्वदेश फिर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (१ घण्टा अघि)
  • ६३ पटक पढिएको
प्रधानमन्त्रीको अमेरिका भ्रमण तय : असोज ६ गते प्रस्थान, ९ गते स्वदेश फिर्ता

काठमाडौं, २२ भदौ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।

उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् ।  उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।  यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण  प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस