चार विकेट लिए सन्दीपले, हङकङले नेपालसामु राख्यो २६२ रनको लक्ष्य

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २३, मंगलबार (५ घण्टा अघि)
  • ४७ पटक पढिएको
चार विकेट लिए सन्दीपले, हङकङले नेपालसामु राख्यो २६२ रनको लक्ष्य

काठमाडौं, २३ भदौ। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।

क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो ।

उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए ।

यस खेल जितेमा नेपाल समूह विजेता बन्ने छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस