सिन्धुलीमा ट्रकको ठक्करले एकको ज्यान गयो, दुई जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (८ घण्टा अघि)
  • २४ पटक पढिएको
सिन्धुलीमा ट्रकको ठक्करले एकको ज्यान गयो, दुई जना घाइते

काठमाडौं, २४ भदौ। सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १८१४ नं. को ट्रकको ठक्करबाट सोही पालिका वडानम्बर ३ का माइते राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएको उक्त ट्रकले नजिकै रहेको मधेश प्रदेश ०२-०१० प ००३४ नं.को मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक सिन्धुली कमलमाई नगरपालिका-६ बस्ने २३ वर्षीय सुरेश कुमार साह र पछाडि बसेका २९ वर्षीय सुशान्त साह पनि सामान्य घाइते भएका छन् ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस