सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सुरुमा युवक कामतलाई रोक्न खोजेको नेपालतर्फको सुरक्षा टोलीले कुटपिट गर्न थालेपछि भने केही गरेको देखिँदैन । घटनास्थलमा भेला भएका केहीले भाग्न खोज्दा युवकलाई समातेको देखिन्छ ।
एसएसबीको टोलीले कामतलाई नियन्त्रणमा लिएर लाठीले कुट्दै भारततर्फ लगेको थियो । नियन्त्रणमा लिएर केही समय कुटपटि गरेपछि उनलाई एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
इलाका प्रहरी कार्यालय रानीले एक दिन नियन्त्रणमा राखेर आइतबार आफन्तको जिम्मा लगाएको छ । प्रहरीका अनुसार युवक कामत लागुऔषध प्रयोगकर्ता हुन् । एसएसबीसँग विवाद हुँदा पनि उनी सामान्य अवस्थामा थिएनन् ।
आइतबार श्रीमतीको रोहबरमा कामतलाई घर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।


























