लागुऔषध ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २२, बिहिबार (१२ घण्टा अघि)
  • ४९ पटक पढिएको
लागुऔषध ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा,२२ असोज।  सिरहामा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का १९ वर्षीय सतिस दास र सोही स्थानका ३५ वर्षीय आईसोत मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति सिरहा नगरपालिका–२१ स्थित पिपरा टोलमा प्रहरी चौकी लकडिगोठबाट खटिएको टोलीले लकडिगोठबाट माडरतर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक दासले लगाएको ज्याकेटको गोजीमा प्लास्टिकको पोकाभित्र लुकाएर राखिएको अवस्थामा १५१.१० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार दास र मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट दुई थान स्क्रिन टच मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध, मोटरसाइकल तथा मोबाइलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस