
रौतहट,०९ कात्तिक। प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै नेपालको सबैभन्दा ठुलो खेलकुद उत्सवका रूपमा विकसित हुन सफल भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई हार्दिक स्वागत गरेका हुन् ।
उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “नेपालको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठुलो खेलकुद उत्सवका रूपमा लिन सफल भएको छ । लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ । नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।
प्रधानमन्त्री शाहले प्रतियोगिताको सफलताको कामना गर्दै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान विस्तार हुने अपेक्षासमेत व्यक्त गरेका छन् ।
