कृषि अनुदानका नाममा ५ करोडको ठगी, दुई आरोपी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
कृषि अनुदानका नाममा ५ करोडको ठगी, दुई आरोपी पक्राउ

काठमाडौं ,१३ कात्तिक।  कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

मन्त्रालयका कर्मचारीहरूसँग राम्रो सम्बन्ध रहेको भन्दै उनीहरूले जालिम सिंह महतोसहितका व्यक्तिलाई पटक पटक गरी ५ करोड ८० लाख ठगी गरेको आरोप छ । उनीहरूविरुद्ध ठगीको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस