रास्वपाले महानगर र उपमहानगरका लागि खोल्यो उम्मेदवार आवेदन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
रास्वपाले महानगर र उपमहानगरका लागि खोल्यो उम्मेदवार आवेदन

काठमाडौं,१५ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले विभिन्न निर्णयहरू गरेको छ।

बैठकले उम्मेदवार छनोट रूपरेखालाई चुस्त रूपमा कार्यान्वयन गर्न विभिन्न जिम्मेवारीसहितका उपसमितिहरू गठन गर्नुका साथै उम्मेदवारी आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन समिति सदस्यहरूको संयोजकत्वमा ७ वटा उपसमितिहरू गठन गरिएको छ ।

क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी,   प्रविधिमा सुशान्त वैदिक,   गुनासो समन्वयमा जनकसिंह धामी,   समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की,  क्षमता विकास समन्वयमा टासी ल्हाजोम,   व्यवस्थापनमा रहबर अन्सारी  र  प्रचारप्रसारकाे संयोजक  मिलन लिम्बू नियुक्त गरिएकाे छ ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई लक्षित गर्दै आवेदन खुला गर्ने निर्णय गरेको छ।

उम्मेदवारी दिन चाहने आकांक्षीहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन्।   पार्टीले उम्मेदवार छनोट प्रक्रियामा योग्यता, समावेशिता र पारदर्शितालाई प्राथमिकता दिँदै सम्पूर्ण तयारी अगाडि बढाएको जनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस