१० दिनदेखि सम्पर्कविहीन साकेतको शव भेटियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
१० दिनदेखि सम्पर्कविहीन साकेतको शव भेटियो

जनकपुरधाम ,१५ कात्तिक। गत दस दिनअघि धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेको छ ।

विजयादशमीकै दिन अर्थात् गत कार्तिक ४ गते घरबाट निस्किएपछि सम्पर्कविहीन भएका साकेतको शव शनिबारको क्षतविक्षत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालक हराएको स्थानबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको धान खेतमा क्षतविक्षत अवस्थामा शव फेला परेको छ । स्थानीय अजय झाका छोरा साकेत घरबाट निस्किएपछि परिवारजन र प्रहरीले निरन्तर खोजी गरिरहेका थिए ।

खोजीका क्रममा आसपासका गाउँबस्ती, पोखरी तथा झाडीहरूमा समेत अनुसन्धान गरिएको थियो ।

तर, दस दिनसम्म बालकको अवस्था अज्ञात रहँदै आएकोमा अन्ततः धान खेतमा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालकको मृत्युको कारण तथा घटनाको वास्तविक परिस्थितिबारे विस्तृत विवरण आउन बाँकी छ । दशैँको खुसीयालीकै दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेपछि देवडिहा गाउँ शोकमा डुबेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस