
सर्लाही,०४ मंसिर। सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रबाट लागुऔषध, पेस्तोलमा प्रयोग हुने गोली र इन्जेक्सन सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट उनीहरूलाई पक्राउ गरिएका हुन् ।
पक्राउ पर्नेमा भारतको सीतामढी निवासी २६ वर्षीय गोविन्द कुमार सिंह र २१ वर्षीय अरुण सहनी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध, पेस्तोलका गोली तथा इन्जेक्सन बरामद गरेको जनाए । साथै उनीहरू सवार मोटरसाइकललाई समेत नियन्त्रणमा लिए ।
सीमा क्षेत्रबाट लागुऔषध तथा हातहतियारमा प्रयोग हुने गोलीसहित भारतीय नागरिक पक्राउ परेपछि सुरक्षा निगरानी र सीमापार आपराधिक गतिविधि नियन्त्रणको विषय फेरी चर्चामा आएको छ ।
पक्राउ परेका दुवै जनामाथि बरामद सामग्रीको प्रकृति, स्रोत तथा सम्भावित कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
