न्यायाधीशका सुरक्षाकर्मीले आफैंमाथि चलाए गोली, ज्यान गयो

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ मंसिर ५, शुक्रबार (१२ घण्टा अघि)
  • ५९ पटक पढिएको
न्यायाधीशका सुरक्षाकर्मीले आफैंमाथि चलाए गोली, ज्यान गयो

काठमाडौं,०४ मंसिर।  उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए ।

गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।

न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यसको कारण भने खुल्न बाँकी नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस