उखुबारीभित्र मृत भेटिइन् महिला, घटनाबारे प्रहरीको अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (१२ घण्टा अघि)
  • ५९ पटक पढिएको
उखुबारीभित्र मृत भेटिइन् महिला, घटनाबारे प्रहरीको अनुसन्धान सुरु

महोत्तरी,०४ मंसिर। महोत्तरीको गौशालामा हत्या गरिएको आशंका गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार बिहीबार घाँस काट्न घरबाट निस्किएकी पुलामी शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको घाँटीमा गम्छा कसिएको जस्तो देखिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । हत्याको आशंकामा सूक्ष्म अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘डीएसपी साब पनि अहिले घटनास्थलमा आउनुभएको छ । प्रहरीको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस