वर्तमानकाल संवाददाता । गौर । माघ २७ गते
युवा समाजसेवी नवीन कुमार सिंहको अथक प्रयास बाट राजदेवी नगरपालिकामा १ दिने निःशुल्क आँखा सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय राजदेवी नगरपालिका ९ ब्रहमपुरीमा एक औपचारिक कार्यक्रम गरि शिविरको उद्घाटन गरिएको थियो ।
शिविरमा महिला १५४ र पुरुष १६४ गरि जम्मा ३१८ जनाको आँखाको परिक्षण गरियो, जसमध्ये १७० जनामा मोतियाबिन्दु भएको विरामी भेटियो । शिविरमा परिक्षण पश्चात शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई नगरपालिकाद्वारा १७० औं जनाको लेन्स सहितको निःशुल्क शल्यक्रिया भोलिबाट गौर पुरेनवा आँखा अस्पतालमा गरिनेछ । शिविरमा जिल्लाका राजदेवी, गौर, गढीमाई, गरुडा, परोहा नगरपालिका, दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका र छिमेकी जिल्ला सर्लाहीको बलरा नगरपालिकाबाट आँखा विरामीहरु आएका थिए ।
मावी ब्रहमपुरीका प्रधानाध्यापक श्री दिपेन्द्र प्रसाद श्रीवासतवको अध्यक्षतामा सो कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगरप्रमुख धिरेन्द्र कुमार सिंह, विशिस्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी श्री ईन्द्रदेव यादव, नेपाल प्रहरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री सिद्धि विक्रम शाह, शस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री सुर्यसेन ओली, अनुसन्धान एसपी, नेपाल नेत्र ज्योती संघ रौतहटको सभापति विजय सिंह, सचिव बच्चा प्रसाद यादव, गौर आँखा अस्पतालको प्राविधिक अशोक पासवान, दिनेश घिमिरे लगायत स्वास्थ्यकर्मी, स्वयम् सेवक, शिक्षक, स्थानीयहरुको उपस्थिति रहेको थियो । त्यसतै कार्यक्रम संयोजकको रुपमा सत्यतेन्द्र पाण्डेय रहेको थियो ।