स्मृति टावरको शिलान्यास विषयमा काँग्रेस नेता यादवको आपत्ति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २८, बुधबार (५ साल अघि)
  • ६ पटक पढिएको
स्मृति टावरको शिलान्यास विषयमा काँग्रेस नेता यादवको आपत्ति

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते
रौतहटको सदरमुकाम गौर स्थित रहेको बिपि कोईरालाको स्मृति भएकै ठाउँमा गौर नगरपालिकाको सहयोगमा स्मृति टावरको शिलान्यास हिजो सोमबार गरिएकोमा नेपाली काङ्ग्रेस (बिपि) पार्टी रौतहटको अध्यक्ष अशोक कुमार यादवले आपत्ति जताएका हुन् ।
जिल्लाको सदरमुकाम गौरको बिपि चौकमा महानायक बिपि कोइरालाको बनेको स्मृति हटाउन नसकिने र यथा स्थितिमा स्मृति रहि रहने मेयरलाई सामाचारको माध्यम सङ्ग जानकारी गराउँदछौं उनले बताए ।
उनले भने ईतिहासलाई दबाउन सकिदैन तर दोहोरिन सक्छ । बिपि चौकको पार्कमा रहेको देशमा शान्ति आन्दोलनबाट प्रजातान्त्र ल्याउनु भएका महामानव कोइरालाको स्मृतिलाई हटाउन प्रयास असफल हुने उनले जिकिर गरे ।
कोइरालाको स्मृति भएको कार्य नरोकिए चुपलागेर नबस्ने पार्टीले आगामी कदम उठाउने उनले बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस