राजेश पासवान । रौतहट । फागुन ०३ गते
प्रश्न नं १.तपाईं आफ्नो परिचय दिनुहो् ?
मेरो नाम रामनाथ माझी हो । मेरो घर रौतहट जिल्लाको माधवनरायण नगरपालिका वडा नम्बर ७ लौकाहामा पर्दछ । म राष्ट्रिय दलित मोर्चाको केन्द्रीय सदस्य हुँ र हाल नेकपा केपी शर्मा ओली गुटको केन्द्रीय सदस्य पनि छु ।
प्रश्न नं.२.तपाईं राजनीतिक यात्रा कहिले देखि सुरु गर्नु भयो ?
म यो राजनीतिमा लागेको १९ वर्ष भईसक्यो अर्थात म २०५८ साल देखि राजनीति गर्दै आइरहेको छु ।
प्रश्न नं.३.तपाईं राजनीतिमा किन लाग्नु भयो ?
म राजनितिमा खासगरी आफ्नो समुदायलाई अगाडि बढाउने र राजनीतिकै माध्यमले आफ्नोे जाती समुदायलाई सेवा गर्ने उदेश्यले नै लागेको हुँ ।
प्रश्न नं.४ एउटा माझी समुदायको व्यक्ति भएर पनि गाउँ घरमा राजनीति गर्न कति गाह्रो र कति साह्रो छ ?
राजेश जी सबभन्दा पहिला त,म जुन बेला २०५८ मा जब राजनीतिक यात्रा सुरु गरे त्यो बेला देखि नै यो समाजको केही ठुला ठुला जातीका महाजन र कथित नेताहरु मलाई दबाउने प्रयास गर्दै आइरहेको छ । तर म त्यो बेलादेखि नेै नेकपा पार्टी अर्थात माओबादी पार्टीमा लागेर संघर्ष गर्दै आइरहेको व्यक्ति छु । त्यो बेलामा दलित जातिमा नेतृत्व गर्ने व्यक्तिहरुको संख्या थोरै मात्रामा थियो । अहिले त मेरो समुदायमा पनि धेरै पढेलेखेका डाक्टर,मास्टर,ओभरसियर,ईन्जिनियर र पत्रकार समेत भइसकेको छ । अब त राजनीति गर्नमा झन माजा आउँछ । गाह्रो हुँदा हुदै पनि म सधै संघर्षरत छु ।
प्रश्न नं.५तपाई दलित समुदायको लागि के के गर्नु भएको छ ।
बिना पद र पावरको कसैले केहि पनि गर्न सक्दैन । म संग केछ र म कसरी केही गरु यो षडयन्त्रवादीहरुले षडयन्त्र गरेर हामी सबै दलितलाई फोरिदिएको छ । एउटा दलित महिलाको सदस्यको लोभ दिएर मेरो समुदायलाई फोरी दिएकोछ।हो म एउटा काम त अवस्य गरेकोछु,त्यो काम चाहिँ के हो भने म दलित समुदायलाई सधै अगाडि बढाउने,हुर्काउन र आँखा खोल्ने कार्य गरेको छु र गरिरहने छु ।
प्रश्न नं.६.हरेक पार्टीले दलित महिलालाइ सदस्यको लागि अनिवार्यरुपले उम्मेदवारी लिने गर्छ यो सिस्टमले तपाईं खुशी हुनुहुन्छ कि दुखी ?
यही सिस्टम लगाएर त हामीलाई फोडने षडयन्त्र भएको छ । मानौ कुनै एउटै घरमा चार दाजु भाइ छ,तिनिहरुलाई कसैले कुनै प्रलोभन दिएर फोरिदिएको छ भने त्यो घर चाहिँ चल्न सक्छ,चल्नै सक्दैन र सबैजनाको विचारै मिल्दैन ठिक तयस्तै सदस्य पदको प्रलोभन दिएर तिनिहरुले हामीलाई फोरिदिएको छ । समग्रमा भन्दाखेरी हाम्रो समाजलाइ फोर्ने र हामी दलित दलिल बिचमा झगडा लडाउने यो सिस्टमले म साह्रै दुखी छु ।
प्रश्न नं.७.तपाईं एउटा दलितको अगुवा नेता भएको नाताले निरन्जन राम र बिजय रामको लागि कति संघर्ष गर्नुभयो ?
हेर्नुस सर जुन दिन निरन्जन राम,बिजय राम देखि लिएर शम्भु सदा अंगिरा पासी नवराज बिक्क हत्याकाण्ड बविरुद्धमा पनि म दलित मोर्चाको केन्द्रीय सदस्य भएको नाताले रौतहटबाट बिरोध गर्दै आइरहेकोछु । र वहाँ हरुको न्यायको माग समेत गर्दै संघर्षरत रहेको छु ।
प्रश्न नं.८.पछिल्लो दिन देखि रौतहटमा दलित समुदायमाथि हत्या,हिंसा र बलात्कार जस्ता अपराधीक गतिबिधिहरु निकैनै बढेकोछ,यो सब नियन्त्रण न हुनु को मुख्य कारणहरु के के हो ?
हेर्नुस् जबसम्म अपराधीई कारा कार्यवाही हुदैन तब सम्म यस्ता अपराधहरु भइनै रहन्छ । यो प्रदेश नम्बर दुईमा खासगरी प्रदेश दुई सरकारले अपराधिहरुलाई कारा कार्यवाही गर्नुको सट्टा उनिहरुलाई जोगाउने कार्य गरिरहेको छ । अपराधि चाहे जो कोहि किन न होस तर पैसा पावर र पार्टीको बल न लगाइ उनिहरुलाइ कटघडामा खरागरेर जबसम्म कडाभन्दा कडा कार्यवाही हुदैन तब सम्म यहाँ अपराधीक गतिविधि घट्नै सक्दैन ।
प्रश्न नं.९.तपाईंको वडाका निर्वाचित जनप्रतिनिधि यहाँका दलित समुदायमा केही काम गरेको छ कि छैन ?
अह यहाँका निर्वाचित जनप्रतिनिधिले हाम्रो दलित समुदायमा कुनैप्रकार कामै गरेको छैन । कामको त कुरै छाडनु झन कोरोनाको महामारीको बेलामा लकडाउनको कारण सबभन्दा पिडित दलित समुदाय नै भएको थियो । त्यो बेलामा पनि त यहाँका जन प्रतिनिधिले राहत स्वरुप केही ल्याउन सकेन । एक चोटि हल्ला मात्रै सुनेको थिए कि दलितहरु को लागि राहत आएको छ । भनेर तर त्यो राहत पनि यहाँ का ठुला जातिका व्यक्ति र वडाअध्यक्ष को नजिकका व्यक्तिहरुले मात्रै पाएको थियो ।
प्रश्न नं.१०.अन्तयमा दलित समुदाय कसरी अगाडि बढन सक्छ ?
अहिले सम्म पनि दलित समुदायको बालबालिका हरु पुर्ण रुपले शिक्षित हुन सकेको छैन र जब सम्म दलित शिक्षित हुदैन तब सम्म सुधार हुन सक्दैन।जुन दिन देखि यो देशको सबै दलित आ(आफ्नो बालबच्चा लाई पढाउन लेखाउन थाल्छ त्यो दिन देखिनै दलित अगाडि बढनथाल्यो भनेर भन्न सकिन्छ ।
हवस्त तपाईंले जुन आफ्नो बहुमुल्य समय हामीलाई दिनुभयो यसकालागी धेरै धेरै धन्यवाद ।