वर्तमानकाल संवाददाता । कटहरिया । फाल्गुन ०६ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया स्थित रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिजले ४ लाख ५० हजार क्विन्टल उखु क्रसिंङ गरेको मिल व्यवस्
ापनले जनाएको हो । सो मिलले यस आर्थिक वर्षमा १० लाख क्विन्टल उखु क्रसिंङ गर्ने लक्ष्य राखेको चिनी उधोगी बैजु बाबराले जनाएका छन् ।
सो चिनी मिलले गत मंसिर २८ गते देखि सुरु गरेको उखु क्रसिङ अहिले फाल्गुनको पहिलो हप्ता सम्ममा यती परिमाणमा उखु क्रसिंङ गरेको हो । चैतको अन्तिम हप्ता सम्ममा १० लाख क्विन्टल उखु क्रसिङ गर्ने मिलले लक्ष्यले राखेको महाप्रबन्धक ओमप्रकाश जयसवालले बताउनु भयो । १५ दिनको भित्रमा किसानलाई भुक्तानी दिने व्यवस्था मिलाईएको मिल प्रशासनले जानकारी दिएको छ ।