वर्तमानकाल संवाददाता । गरुडा । फाल्गुन ०७ गते
प्रचण्ड माधव समूह द्धारा गरुडामा हस्ताक्षर अभियान सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा द्धारा आयोजित प्रतिगमन बिरुद्ध भनिएको हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको छ । जसमा पूर्व मन्त्री सत्यनारायण भगत, पूर्व सांसद रामकुमार भटराई, देवकी नेपाल, प्रदेश सांसद हसिमा खातुन, समाजसेवि नसरूदिन अंसारी लगायतका पार्टीका कार्यकर्ताहरूको उपस्तिथीमा सम्पन्न भएको छ ।