राजेश पासवान । रौतहट । फाल्गुण ८ गते
रौतहट जिल्लाको गरुडा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका नेकपा द्धारा आयोजित चौथो चरणको आन्दोलनको बारेमा छलफल गरिएको छ । गरूडामा अखिल नेपाल महिला संघ द्वारा बृहत बिरोध कार्यक्रम आउने फाल्गुण ९ गते गौरमा गर्नका लागि अगुवा महिला कार्यकर्ता भेला भएका थिए । यस अवसरमा पूर्व मन्त्री सत्यनारायण भगत , पूर्व सांसद रामकुमार भटराई ,देवकी नेपाल , प्रदेश सांसद हसिमा खातुन , संघर्ष समितिका संयोजक नसरूदिन अंसारी , कटहरिया नगरपालिकाकि उपप्रमुख नुरजाहा खातुन लगायतका पार्टीका कार्यकर्ताहरूको उपस्तिथीमा रहेको थियो ।