वर्तमानकाल संवाददाता । फतुवा विजयपुर । फाल्गुन ०९ गते
रौतहट जिल्लाको उक्तरी भेग फतुवा बिजयपुर नगरपालिकामा बिजयपुर युवा क्लब द्धारा आयोजित नगर स्तरीय सेलेक्सन नकआउट फुटवल टुर्नामेन्ट प्रतियोगता शनिबार देखि शुरु भएको छ ।
क्लबका अध्यक्ष बिजाधर रजकको अध्यक्षतामा सुरु भएको खेललाई एक कार्यक्रमका बिच फतुवा बिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल प्रसाद यादवले उदघाटन गर्नु भएको थियो ।
उदघाटनको क्रममा स्वागत मन्त्बय राख्दै क्लबका सहसचिव कृष्ण कुमार साहले खेलका लागि नगरपालिका संग सहयोग माग गरेका थिए ।
साथै यो नगरपालिकामा खेलाडीहरुको लागि एउटा पनि खेल मैदान नरहेको भन्दै नगर प्रमुख गोपाल प्रसाद यादव संग खेल मैदानको ब्यवस्था मिलाई दिन माग गरेका छन ।
बिधालयमा खेल खेल्दा पढाई प्रभावित भईरहेको र अर्काको जगामा खेल्दा गालि खानु पर्ने अवस्था भएको भन्दै यस्तो समस्यालाई समाधान गर्न प्रमुख संग जोडदार माग गर्नु भएको थियो ।
उदघाटन पश्चात बोल्दै नगर प्रमुख यादवले अबको एक बर्षको भित्रमा नगरपालिका भित्र खेल मैदान बनाउने आसवासन दिनु भयो ।
खेल शान्त मनोरम र भयरहित बताबरणमा हुनु पर्ने सुझाव दिनु भयो । साथै वहाँले खेलमा जाल झमेल न गरि ईमन्दारितापुर्वक खेलनको लागि खेलाडीहरुलाई अनुरोध गर्नु भयो ।
स्वास्थ्यको लागि खेल आवश्यक भएको भन्दै खेलमा सहभागि हुन युवाहरुलाई अपिल गर्नु भयो । बिजयपुर युवा क्लबको आयोजनामा श्री माबि बिजयपुरको प्राङ्गनमा सो खेल शुरु भएको हो ।
उदघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यलय बिजयपुरका प्रहरी निरिक्षक बिशनु बिक, बिजयपुर बजार ब्यवस्थापन समितीका अध्यक्ष बाबुराम अधिकारी, बिभिन्न संघ संस्थाका प्रमुख, संचारकर्मी,स्थानिय भद्रभलादमीहरुको बिषेश उपस्थीतीमा कार्यक्रम संमपन भएको छ ।
शनिबारको पहिलो खेल लक्ष्मीनिया टिम र दुधिअवा टिम बिच भएको छ । दुधिअवा युवा क्लब ए टिमका खेलाडीहरुले ३ गोल गरेर पराजित गरेका थिए ।
खेलमा लक्ष्मीनिया एकता युवा क्लब ए टिमले ० गोल गरेका थिए । दुधिअवा युवा क्लबका खेलाडी धिरेन्द्र चौधरीले २ गोल गरेका थिए भन्ने फिरोज चौधरीले १ गोल गरेका थिए । आजको खेलमा दुधिअवा युवा क्लब ए लाई मैन अफ दी मैच घोषण गरिएको टिमका क्यापटन दिपक कुशवाहाले जानकारी दिनु भयो ।