वर्तमानकाल संवाददाता । रौतहट । फागुण ९ गते
रौतहटको भू तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरको टोलीले आज गुजरा नगरपालिका ८ जयराजपुरमा धर्मशाला निर्माणका लागि स्थलगत अनुगमन निरीक्षण गरेको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विपिन कुमार झाको नेतृत्वमा कर्मचारीहरुको टोलीले जयराजपुरमा राम जानकी धर्मशाला निर्माणका लागि अनुगमन निरीक्षण गरेको हो ।
अनुगमनमा आएका कर्मचारीहरुले धर्मशाला निर्माण हुने जग्गा हेरेको र अब चाडै निर्माण कार्य पनि शुरु हुने बताएका छन ।
नेकपा प्रचण्ड माधव पक्षका नेता एवं रौतहटका प्रदेश सांसद नागेन्द्र यादवको विशेष पहलमा जयराजपुरमा लाखौको लागतमा धर्मशाला निर्माण हुन लागेको छ ।
प्रदेश २ सरकारको २० लाखको लागतमा जयराजपुरमा उक्त राम जानकी धर्मशाला निर्माण हुन लागेको प्रदेश सांसद यादवले बताएका छन ।
जयराजपुरमा धर्मशाला निर्माणको लागि स्थलगत अनुगमन
