वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १४ गते
तिन दिन पछि धारामा पानी आउँदा रौतहटको कटहरिया नगरपालिकाका उपभोक्ताहरु खुसी भएका छन ।
कटहरिया स्थित रहेको पानी टंकीको धाराको पानी अवरुद्ध भएको थियो । तिन दिनदेखी पानी अवरुद्ध हुँदा स्थानीय उपभोक्ताहरुलाई स्वच्क्ष खानेपानीको समस्या भएको थियो तर आज बेलुका देखी धारामा पाउन आउन थालेपछि उपभोक्ताहरु हर्षित भएका छन ।
कटहरियामा रहेको पानी टंकीको धारामा पानी आउँन छाडेपछि पानीको हाहाकार भएको थियो ।
उक्त पानी टंकीबाट कटहरिया नगरपालिकाको कटहरिया, बहादुरपुर लगाएत गाउँमा घरघरमा धारा जडान गरिएको छ । तर कटहरिया पानी टंकीबाट जडान गरिएको धारामा तिनदिन पानी आएको थिएन ।
खानेपानीको धारामा पानी नआउँदा उपभोक्ताहरुलाई खानेपानीको निकै समस्या भएको थियो ।
धारामा पानी आउँनै छाडेपछि कटहरिया खानेपानीका सयौं उपभोक्ता सास्ती खेप्न बाध्य भएका थिए ।
स्वच्क्ष खानेपानीको अभावमा कटहरिया खानेपानी आयोजनाका उपभोक्ताहरु कलको दुषित पानी पिउन बाध्य समेत भएका थिए ।
धाराको पानीको लागि आफुहरु प्रत्येक महिना शुल्क बुझाउँदै आएपनि विगतमा पनि पटक पटक खानेपानीको समस्या हुँदै आएको उपभोक्ताहरुको गुनासो छ ।
धारामा पानी नआउँदा कलकोे दुषित पानी खादा विभिन्न किसिमको रोग लाग्न सक्ने भन्दै उपभोक्ताहरुले तत्काल धारामा पानी दिन समितिसँग माग समेत गरेको थियो ।
यता खानेपानी उपभोक्ता समितिले प्राविधिक गडबडीक कारण कहिले काही यस्तो समस्या हुने गरेको बताएको छ ।