अन्तिम घडीमा किन रोकियो गगन थापाको भारत भ्रमण ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • २३ पटक पढिएको
अन्तिम घडीमा किन रोकियो गगन थापाको भारत भ्रमण ?

काठमाडौँ, १० साउन। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार नै भारत जाने तयारी भए पनि आइतबारका लागि सारिएको थियो । तर उनी आइतबार पनि भारत नजाने भएका छन् ।

भारतको नयाँदिल्लीमा पार्टीको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । सो कार्यक्रममा थापालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । थापा कार्यक्रममा जान तयार पनि भएका थिए । तर उनले अन्तिम समयमा भारत नजाने निर्णय गरे ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमणको कार्यक्रम स्थगित भएको अनलाइनखबरलाई बताए । त्यसको कारणबारे भने उनले स्पष्ट जवाफ दिएनन् ।

अनलाइनखबरको जिज्ञासामा चालिसेले भने, ‘नितान्त आन्तरिक र प्राविधिक कारणले गर्दा सभापतिज्यूले भारत भ्रमण स्थगित गर्नु भएको हो ।’ उनको भारत भ्रमणको नयाँ मिति पनि तय नभएको उनले बताए ।

भारत भ्रमण स्थगित गर्नुको कारण औपचारिक रुपमा कांग्रेसले बताएको छैन । तर आन्तरिक विवाद मुख्य कारण भएको स्रोत बताउँछ । विदेश महाधिवेशनबाट गगन थापा सभापति चुनिएदेखि संस्थापन र इतर पक्षबीच आन्तरिक विवाद तीव्र छ । विवादकै बीचमा थापा र इतर पक्षको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का पक्षले देशव्यापी अभियान सन्चालन गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस