अमरनाथ यात्राअघि सुरक्षा कडा, विकट क्षेत्रमा उद्धार अभ्यास सञ्चालन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (६ घण्टा अघि)
  • ४६ पटक पढिएको
अमरनाथ यात्राअघि सुरक्षा कडा, विकट क्षेत्रमा उद्धार अभ्यास सञ्चालन

काठमाडौं, १४ असार। आगामी महिना देखि सुरु हुने पवित्र अमरनाथ तीर्थयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन जम्मू–कश्मीर प्रहरीले उच्च हिमाली क्षेत्रमा विशेष उद्धार तथा आपतकालीन प्रतिक्रिया सम्बन्धी अभ्यास सञ्चालन गरेको छ ।

जम्मू–कश्मीर प्रहरीको माउन्टेन रेस्क्यु टोली (एमआरटी) ले आइतबार अनन्तनाग जिल्ला अन्तर्गत पहलगाम मार्गको महागुनास टप क्षेत्रमा उच्च उचाइमा उद्धार तथा सुरक्षा अभ्यास सम्पन्न गरेको हो ।

प्रहरीका अनुसार अभ्यासमा पहाडी उद्धार (माउन्टेन रेस्क्यु), दुर्घटना पछि घाइतेको सुरक्षित निकासी तथा आकस्मिक अवस्थाको प्रभावकारी व्यवस्थापन सम्बन्धी तालिम र अभ्यासमा विशेष जोड दिएको छ ।

प्रहरी प्रवक्ताले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको जानकारी अनुसार यस अभ्यासको उद्देश्य अमरनाथ यात्राका क्रममा तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै कठिन हिमाली भूगोलमा उद्धार टोलीको तयारी र क्षमता अझ सुदृढ बनाउनु हो ।

जम्मू–कश्मीर प्रहरीले अमरनाथ यात्रालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आवश्यक सुरक्षा तथा उद्धार संयन्त्रलाई पूर्ण रूपमा तयारी अवस्थामा राखिएको जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस