अर्थमन्त्रीको स्वीकारोक्ति : पूँजीगत खर्च उल्लेख्य रूपमा बढ्न सकेन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (२ हप्ता अघि)
  • ६६ पटक पढिएको
अर्थमन्त्रीको स्वीकारोक्ति : पूँजीगत खर्च उल्लेख्य रूपमा बढ्न सकेन

काठमाडौ, १३ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन् ।

आर्थिक सर्वेक्षण २०८२/८३ सांसदमा सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । यसबीचमा विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने जानकारी गराए ।

अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय समेत उनले उल्लेख गरे । यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताए । यस सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस