अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (२ दिन अघि)
  • ७१ पटक पढिएको
अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं, ०६ बैशाख। बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले भने, ‘डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ ।’

पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।

प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ । साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस