अस्पतालले भर्ना नलिएपछि सडकमै सुत्केरी भएको घटना संसद्‍मा उठ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (१८ मिनेट अघि)
  • ३४ पटक पढिएको
अस्पतालले भर्ना नलिएपछि सडकमै सुत्केरी भएको घटना संसद्‍मा उठ्यो

काठमाडौं, २५ भदौ। सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् ।

उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन ।

महिलासँग २ हजार ५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको उनले बताए ।

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।

यो विषयमा सांसद कर्णले सरकारसँग जवाफ समेत मागेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस