आर्थिक स्वायत्तताको माग गर्दै मानव अधिकार आयोग, विदेशी सहयोग लिन पाउनुपर्ने अडान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २४, बुधबार (२ महिना अघि)
  • १२० पटक पढिएको
आर्थिक स्वायत्तताको माग गर्दै मानव अधिकार आयोग, विदेशी सहयोग लिन पाउनुपर्ने अडान

काठमाडौं, २४ असार। राष्ट्रिय मानव अधिकार आयोगले अर्थ मन्त्रालयको पूर्वस्वीकृतीबिनै विदेशी सहयोग लिन पाउनुपर्ने माग राखेको छ ।

अर्थको पुर्व स्वीकृति लिनुपर्ने प्रावधान हटाएर आयोगले लिएको विदेशी सहयोगबारे अर्थ मन्त्रालयलाई जानकारी दिए पुग्ने प्रावधान राख्नुपर्ने उसको प्रस्ताव छ

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे छलफल छ भएको छ।

सोही छलफलका क्रममा आयोग सदस्य मनोज दुवाडीले संविधानत मानव अधिकार आयोग स्वायत्त रहेको बताए । तर, व्यवहारमा आयोग आर्थिक रुपम स्वायत्त नरहेको बताए ।

‘७ लाख युरो सहयोग लिन एक वर्ष लाग्यो । अर्थको स्वीकृति लिनुपर्ने प्रावधान छ’, उनले भने, ‘एनजीओ जस्तो व्यवहार आयोगलाई भएको छ । यसमा सुधार गर्ने गरि प्रचलित एन संसोधन गर्नुपर्ने छ ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस