इलामका ३७८ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
इलामका ३७८ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काठमाडौँ, २५ बैशाख। भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ ।

यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताए । पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १७४ निवेदन सङ्कलन गरिएको थियो । भूमिहीन दलिततर्फ २४८, भूमिहीन सुकुमवासीतर्फ ८५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९१० निवेदन परेका थिए । तीमध्ये एक हजार ९२६ निवेदन प्रमाणीकरण प्रक्रियामा छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस