टिकट वितरणमा माथिको दबाब चल्दैन, गगन थापाको प्रतिबद्धता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १०, सोमबार (५५ मिनेट अघि)
  • ३५ पटक पढिएको
टिकट वितरणमा माथिको दबाब चल्दैन, गगन थापाको प्रतिबद्धता

काठमाडौं,०९ कात्तिक।  नेपाली कांग्रेसका सभापति गगन थापाले मंसिर महिनालाई जागरणको महिना बनाउन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अहिले सङ्गठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए।

कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए।

उनले भने, ‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो। विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ। जनताको विश्वास पुनःस्थापित गर्न सङ्गठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन्।’

कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्ने उनले बताए। विगतमा निर्वाचनमा पराजित भए पनि कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाको पक्षमा दृढतापूर्वक काम गरेको बताए।

१२ गते शपथपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टीको आगामी योजना तय गर्ने बताए।

जनतासँगको सम्बन्ध स्थापित गर्दै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।

उनले भने, ‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन। पार्टीको विधानमा व्यवस्था गरेका छौँ। हामीले सबैको सदस्यता अद्यावधिक गरिसकेका छौँ। बाँकीको पनि गर्छौँ। उम्मेदवारको प्रारम्भिक काम पुस माघभित्र गरिसक्छौँ। तलबाट साथीहरूबाट डिजिटल्ली मतदान हुन्छ। साथीहरूले छान्नुहुन्छ, त्यही प्रारम्भिक सूचीबाट नै हामी उम्मेदवार बनाउँछौँ।’

उनले निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस